Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य बनिन् भरतमोहनकी छोरी लिमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा लिमा अधिकारी पनि चयन भएकी छिन् ।

उनी नेकपा एमालेका दिवंगत नेता भरतमोहन अधिकारीकी माइली छोरी हुन् । व्यवसायमा समेत आवद्ध अधिकारी लामो समय नेकपा एमालेमा सक्रिय थिइन् ।

ठूलोबुबा मनमोहन र बुबा भरतमोहनले अगाडि बढाएको पार्टीमा २२ वर्ष संगठित सदस्य रहेकी उनी एमालेको उद्योग विभागमा समेत थिइन् ।

माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल बनाएपछि लिमा नेकपा एकीकृत समाजवादीमा आवद्ध थिइन् । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले १६ जना केन्द्रीय सदस्य थपेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077