Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तत्काल सरकारमा नजाने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । पार्टी कार्यालय, बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकपश्चात् पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अहिले सरकारमा सहभागी हुने पार्टीको कुनै निर्णय नभएको बताए ।

तर पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने उनको भनाई छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘थप सहमति नभएकाले सरकारमा जाने बचन दिएका छैनौं । नयाँ सहमति भयो भने सरकारमा जाने हुनसक्छौं ।’

गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077