Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यातायात मजदुरले गरे सडकमै बस तेर्साएर प्रदर्शन

काठमाडौं । यातायात मजदुरले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् ।

ट्राफिक नियमविरुद्ध आन्दोलति बनेका यातायात मजदुरहरु सडकमा सवारी साधन तेर्साए बालाजु चोकमा सडक अबरुद्ध गरेका हुन् ।

बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ ।

प्रहरी वृत्त बालाजुकाअनुसार बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध छ ।

ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै सडक अवरुद्ध गरिएको र अहिले खुलाउने प्रयानस जारी रहेको प्रहरी वृत्त बालाजुले बतायो ।

अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077