Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा सोमबार दिउँसो साढे ३ बजे बैठक सुरु भएको हो ।

महामन्त्री मुकुल ढकाल उपत्यका बाहिर भएपछि आजको बैठकमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा छलफलका एजेण्डा पेस गरेका छन् ।

रास्वपाले समसामयिक राजनीति, सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठनका विषयमा छलफल गर्दैछ ।

रास्वपामा अहिले २४ सदस्यीय केन्द्रीय कमिटी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077