Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापाको टिप्पणी - हजारौं निर्दोषको ज्यान लिने हिंसा राष्ट्रिय पर्व हुन सक्दैन

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा आपत्ति जनाएका छन् ।

२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह सुरु गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदादिने सरकारको निर्णय आपत्तिजनक रहेको उनको टिप्पणी गरेको हो ।

उनले सामाजिक सञ्जालमा विदाको विरोध गर्दै आइतबार हजारौं निर्दोषको ज्यान लिने माओवादी हिंसा राष्ट्रिय पर्व हुन नसक्ने भन्दै आपत्ति जनाएका छन् ।

साथै उनले यही मौकामा यस्तो निर्णय लिँदासमेत राजा र हिन्दु राष्ट्रको वकालत गर्ने पार्टी कुन मुखले सरकारमा बसिरहेको छ भन्दै राप्रपामाथि प्रहारसमेत गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरु गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय आपत्तिजनक छ। हजारौं निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन । राजावादी र हिन्दुराष्ट्रको वकालत गर्ने पार्टी समेतको सहभागितामा यस्तो निर्णय हुनु निर्लज्जताको पराकाष्टा हो । राजा र हिन्दु राष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ ?’​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077