Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुर्खेतमा बसको ठक्करबाट महिलाको मृत्यु

सुर्खेत । सुर्खेत बसपार्कमा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

आइतबार दिउँसो बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले ती महिलालाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार ती महिलाको नाम थर र ठेगाना खुलेको छैन् ।

अन्दाजी ६६ वर्षीय उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त बसका चालक अहिले फरार रहेको छन् भने बस नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077