Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उच्चस्तरीय संयन्त्रको बैठकपछि लिङदेनले भने- गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन

काठमाडौं । सत्तारुढ घटक राप्रपा अध्यक्ष तथा उपप्रधान एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिका विषयमा सत्तासाझेदार दलबीच विवाद नरहेको बताएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, हामीले यो सरकार निर्माणका क्रममा जुन सहमति कायम गरेका थियौँ, त्यो सहमतिमा सत्तासाझेदार दलमा कुनै विमति छैन ।'

संयन्त्रको बैठकमा सरकारका कामकारवाहीको समीक्षा गरिएको जानकारी दिएका उनले गठबन्धनमा फाटो आउन नदिने समझदारी जुटेको बताए ।

आगामी दिनमा गठबन्धनभित्रको छलफललाई निरन्तरता दिने सहमति भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077