Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखराको लेकसाइडमा लागेको आगलागी झण्डै ३ घण्टापछि निभाइयो

पोखरा । पोखराको लेकसाइडस्थित लेकसाइड सेन्टरमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

शनिबार अपराह्न ३ः४५ देखि लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा लिएको हो ।

लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्डरग्राउन्डमा विद्युत् सर्ट भई अपराह्न ३ः४५ बजेदेखि आगलागी भएको थियो । आगलागी भएको झण्डै तीन घण्टापछि ६ बजे नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

डिपार्टमेन्टको अन्डरग्राउन्डबाट सुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित सप, दोर्जेज बार एन्ड ग्रिल, नासा ट्रेकिङ इकुप्मेन्ट लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ ।

अन्डरग्राउन्डबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन ३ वटा दमकल प्रयोग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077