Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नयाँ राष्ट्रपतिबारे एमाले अध्यक्ष ओलीले भने – हामीले जो भन्छौं, त्यही आउँछ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपति आफूहरुले भनेकै व्यक्ति आउने बताएका छन् ।

राष्ट्रपतिको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने,'हामीले जो भन्छौं उही हुन्छ ।' ओलीले राष्ट्रपतिको सम्बोधन सन्तुलित र मुलुकप्रतिको जिम्मेवारीबोधका साथ आएका बताए ।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। सत्ता गठबन्धनभित्र राष्ट्रपतिको उम्मेदवार एमालेबाट हुँदैछ। त्यस्तै, कांग्रेसले राष्ट्रपतिमा कुनै हालतमा एमालेको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077