Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यू-२० महिला टोली आज स्वदेश फर्कदै

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली आज शुक्रबार स्वदेश फर्कदैछन् ।

बिहीबार भएको फाइनलमा बंगलादेशसँग ३-० गोलको नतिजामा पराजित भएपछि नेपाल उपविजेतामा सीमित बन्नु परेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिम बिहान ११:३५ बजे विमान बंगलादेशमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताएको छ।

बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो।

चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077