काठमाडौं । सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्ष रवि लामिछाने सहभागी भएका हुन् ।
सरकारमा सम्मिलित जनमत पार्टी बैठकमा सहभागी छैन्। यस्तै सदूरपश्चिम सरकार ढाल्न निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टी पनि बैठकमा गएन। उसले सरकार बनाउन समर्थन गरे पनि जेलमा रहेका रेशम चौधरीलाई छुटाउनु पर्ने मुख्य माग राख्दै आएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछाने सहभागी छन्।
सरकारबाटै बाहिरिएकोले सरकार सञ्चालनमा सहयोग गर्ने हेतुले गठित संयन्त्रको बैठकमा रास्वपाको उपस्थितलाई अर्थपूर्ण मानिएको छ । संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद, रास्वपाको सरकारबाट भएको बहिर्गमन र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल भइरहेको छ ।
माघ १३ गते सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधि सभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए।
Leave a Reply