काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दैछ ।
दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्नको लागि राष्ट्र बैंकले बिहान अहिले सञ्चालक समितिको बैठक बोलाएको छ ।
अर्धवार्षिक समीक्षामार्फत् राष्ट्र बैंकले विभिन्न नीतिगत विषयमा संशोधन गर्नेछ ।
बजारमा तरलता बढे पनि ब्याज घट्न नसकेको, ऋणको माग नआएको, खराब कर्जा बढेको, लघुवित्तको समस्या बढ्दै गएको लगायतका विषयमा राष्ट्र बैंकले विभिन्न नीतिहरु संशोधन गर्ने अनुमान छ ।