काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका छन्।
रवि लामिछानेसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले मन्त्री क्वार्टर छाडेका हुन्।
तीनै जनाले बुझबुझारथ गरी क्वार्टर खाली गरिसकेको शहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीप परियारले बताए।
लामिछाने र अर्यालले मङ्गलवार क्वार्टर छाडेका थिए भने खनालले बुधबार छाडेका हुन्। पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्की भने मन्त्री क्वार्टरमा सरेकी थिइनन्।
Leave a Reply