Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सनातन धर्म संस्कृतिलाई मास्न खोजिएको कमल थापाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतिलाई योजनाबद्ध रूपमा मास्न खोजिएको आरोप लगाएका छन् ।

बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । उनले योजनाबद्ध र संगठित रूपमा लोभलालच, भ्रम र डर त्रास देखाएर धर्म परिवर्तन गर्ने गरिएको बताए ।

'यही रफ्तारमा धर्म परिवर्तनको डढेलो बढ्दै गएमा हाम्रो गौरवशाली संस्कृति र पहिचान नष्ट हुन्छ,' उनले भने, 'चुप लागेर बसेमा हामी दिनप्रतिदिन कमजोर हुन्छौँ ।'

मौलिक धर्म संस्कृति जोगाउन नयाँ पुस्ताले प्रतिवाद गर्नुपर्ने अध्यक्ष थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077