Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बुहारीमाथि बलात्कार आरोप लागेका ससुरा कारागार चलान

बैतडी । बुहारीमाथि जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका ससुरालाई कारागार चलान गरिएको छ।

बैतडीको पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षीय पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला अदालतको आदेश अनुसार ती पुरुषलाई कारागार चलान गरिएको बैतडी प्रहरीले बतायो । आफ्नै बुहारीमाथि जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले उनलाई गएको पौष २८ गते पक्राउ परेको थियो।

पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको र जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077