Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरिएको हो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार राजीनामापछि रिक्त शिक्षा र श्रम मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तोकिएको छ।

रास्वपाले हिजो सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यद्यपि सरकारमाथिको समर्थन भने कायमै राखेको छ ।

दुईमन्त्रीको राजीनामासँगै रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रचण्डलाई नै तोकेकी हुन् ।

यसअघि रास्वपाकै रवि लामिछानेको गृहमन्त्री पद गएपछि सो मन्त्रालय पनि प्रचण्डले नै सम्हाल्दै आएका छन् भने मन्त्रिपरिषद् विस्तार हुन बाँकी वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय पनि प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077