Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पार्टी भन्दा पनि सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएकी छन् ।

राष्ट्रियसभा उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि राजनीतिक आग्रह प्रर्वाह नराखेर अघि बढ्ने बताएकी हुन् ।

उनले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताइन् । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरूबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताइन् ।

उपाध्यक्ष अर्यालले आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने बताएकी छन् । त्यस्तै महिलाहरूका लागि नयाँ नियम, कानुन बनाउने सन्दर्भमा पहलकदमी लिने उनले बताइन् ।

निर्वाचित भएपछि कामका दौरान के कस्ता समस्याहरु आइपर्छन् त्यतिबेलै योजना बनाएर अघि बढिने अर्यालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077