Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपको मुद्दाको पेसी पुन: स्थगित

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको काठमाडौँ जिल्ला अदालतको पेशी पुनः स्थगित भएको छ।

जाहेरीकर्ताले नै सोमबारका लागि तय भएको पेशी स्थगित गरेका हुन्।

सन्दीपको मुद्दा न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा परेको थियो। उनको मुद्दा छैटौँ नम्बरमा रहे पनि जाहेरीकर्ताका वकिलले स्थगित गरेका हुन् ।

स्रोतका अनुसार पाटन उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट परेपछि सर्वोच्चको आदेश पर्खनका लागि मुद्दा स्थगित गरिएको हो।

सन्दीपको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। सन्दीपले पुनरावेदन गरेपछि पाटन उच्च अदालते उनलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडेको थियो ।

उच्च अदालतको आदेशपछि रिहा भएपछि नेपाल क्रिकेट संघले सन्दीपमाथिको निलम्बन फुकुवा गरिसकेको छ। क्यानको निर्णयानुसार सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा समेत सहभागी भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077