धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कान्तिपुर दैनिक पत्रिका जलाएका छन् ।
आज बिहान रास्वपाका कार्यकर्ताहरूले कैलालीको सुखड बजारमा कान्तिपुर दैनिक पत्रिका जलाएका हुन् ।
बिक्रीका लागि राखेको केही दिन अघिको पत्रिका जलाएका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलनमा नेपाली मिडियाका पत्रकार र प्रकाशकहरूविरुद्ध अभिव्यक्ति दिएका थिए ।
नाम नै लिएर प्रकाशक र सम्पादकविरुद्ध उत्रिएका लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्न संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।
नागरिकता विवादमा अदालतले दोषी ठहर गरेपछि लामिछानेको सांसद र मन्त्री पद गएको थियो ।
Leave a Reply