Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रविको बचाउ गर्दै ओलीले भने - सर्वोच्चको फैसलाले कसलाई न्याय मिल्यो मैले बुझिनँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्चको फैसलाको आलोचना गरेका छन् ।

आइतवार बसेको प्रतिनिधसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । यो फैससलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उनले बताए ।

उनले भने, 'अदालतको फैसलाले कसलाई फाइदा भयो ? यहाँ ढोका खुला रहेछ भनेर फुत्त संसद् पसेको होइन । निर्वाचन आयोगमा उजुरी परेको र बदर गरेको होइन र ? निर्वाचन आयोगले उमेदवारी सदर गरेको होइन र ? प्रक्रियागत त्रुटि हुनासाथ सांसद, गृहमन्त्री, सभापति गयो ? जान मिल्छ ?'

प्रतिनिधि सभाको आइतबार बैठकमा विशेष समय लिएर बोलेका ओलीले सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताए ।

तर यो फैसलाले आफ्नो मनमा केही प्रश्न आएको उनले बताए । उजुरीकर्तालाई के मर्का पर्‍यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको ओलीले बताए । उनले प्रक्रियागत त्रुटिका कारण भएको गल्तीमा पाएको सजायले भोलि समस्या पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077