Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओली बोलिरहँदा खतिवडाको नियमापत्ति, भने - बार्दलीको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन् ।

ओली बोलिरहेका बेला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति गरेका हुन् ।

उनले ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताए ।

खतिवडाले भने,'सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो, यो संसद् चलिरहेको छ,

चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको रूप, अनुहार र कागज हामीले देख्न पाएका छैनौँ । कुनै बार्दलीमा ल्याएको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस्।'

ओलीले कांग्रेसले प्रधानमन्त्रीले भन्दा अगाडि बोल्न पाऊँ भनेर सदन अवरुद्ध गरेको भन्दै नियमापत्ति अनौठो नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077