Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसदमा ओलीले भने - सरकारलाई तलमाथि पार्ने कोसिस गर्नु जनताको पक्षमा छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको विकास, सुशासन, भष्टाचार नियन्त्रण, गरिबी निवारणलगायत काम गर्ने बताएका छन् ।

आइतवार बसेको प्रतिनिधसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

ओलीले सत्ता मोहले नेपालको राजनीति प्रणाली अराजक उन्मुख हुँदै गएको बताए । उनले सरकारलाई तलमाथि पार्ने कोसिस गर्नु लोकतन्त्र र जनताको पक्षमा नहुने जिकिर गरे ।

ओलीले भने,'सकारात्मक सरकार बनेको छ । यो सरकारलाई तलमाथि पार्ने कोसिस गर्नु लोकतन्त्र र जनताको हितको पक्षमा छैन ।'

उनले नेपाली कांग्रेसले विकास नदेखेको र नसोचको आरोप समेत लगाए । अध्यक्ष ओलीले जस्तोसुकै बाटो र विधि अपनाएर सत्तामा पुग्ने नीतिलाई लोकतन्त्र भन्न नसकिने बताए।

राष्ट्रिय हितलाई तिलाञ्जली दिएर भएपनि सत्ता प्राप्त गर्ने व्यवहारले राज्यका सबै प्रणालीहरू समाप्त हुँदै गएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077