Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावललाई शिक्षामन्त्रीको जवाफ - मेरो निजी विद्यालय कुन रहेछ, लौन भनिदिनु पर्‍यो !

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावललाई शिक्षामन्त्री शिशिर खनालले जवाफ फर्काएका छन् ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी विमोचन कार्यक्रममा बोल्दै ‘जसको निजी विद्यालय एकदम महंगो छ, ऊ शिक्षामन्त्री’ भन्दै खनालको कटाक्ष गरेका थिए ।

यसको जवाफ फर्काउँदै शिक्षामन्त्री खनालले आफ्नो लगानी भएको निजी विद्यालय देखाइदिन आग्रह गरेका हुन् ।

‘मेरो लगानी भएको निजी विद्यालय कुन रहेछ, म खोज्दै थिएँ, डाक्टरलाई थाहा रहेछ। लौन भनिदिनु पर्‍यो ! नाम, ठेगाना भए सजिलो हुन्थ्यो,’ उनले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077