Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यान र सन्दीपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

युवाहरुको एक समूहले नेपाल क्रिकेट संघ (क्यान) र सन्दीपलाई बहिस्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

महिलावादी अभियन्ताहरूको पहलमा भएको प्रदर्शनमा क्रिकेट संघविरूद्ध नाराबाजी भएको थियो। उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड साथमा बोकेका थिए।

उनीहरुले बलात्कार आरोपी र उनलाई साथ दिने दुबैलाई बहिस्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए । एक नाबालिकालाई बलात्कार गरेको अभियोग क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

बलात्कारको आरोप लागेका सन्दीपलाई क्यानले यसअघि निलम्बन गरेको थियो। गत मंगलबार बसेको क्यान बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077