Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने सन्दीपको तयारी

काठमाडौं । बलात्कारको मुद्दामा धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछाने सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्।

लामिछाने उच्च अदालत पाटनको सर्तसहित धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका हुन् ।

उच्च अदालतले २० लाख धरौटीमा छाड्ने आदेशमा धरौटीको रकम चर्को भएको र सन्दीपलाई विदेश जान रोक लगाउने आदेशलाई चुनौती दिँदै सर्वोच्च जाने तयारी रहेको स्रोतले बतायो ।

लामिछानेलाई धरौटीमा छाड्ने आदेश बदर गराउन सरकारी वकीलको तर्फबाट मंगलबार सर्वोच्चमा निवेदन दायर भएको थियो । महान्यायाधीवक्ताको कार्यालयबाट दायर भएको सो निवेदनमा शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो ।

सुनुवाइपछि इजलासबाट उच्च अदालतको आदेश हुँदाको कैफियत प्रतिवेदन माग गरिएको छ । भदौमा गौशालाको एक होटलमा नाबालिग बलात्कारको आरोप लागेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि पुस २८ गते २० लाख धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077