Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछाने राष्ट्रिय टोलीमा छनोट, २० सदस्यीय टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ ।

यसअघिको २८ सदस्यीय टोलीबाट १० जना कटौती गर्दै सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरिएको हो ।

क्यानले केही दिनअघि २८ जनालाई बन्द प्रशिक्षणमा राखेको थियो। त्यसमा लामिछाने थिएनन् ।

क्यानको माघ १७ गते पोखरामा सम्पन्न बोर्ड बैठकले लामिछानेको निलम्बन फुकुवा गरेको थियो। त्यससँगै उनलाई बिहीबार बन्द प्रशिक्षणमा बोलाइएको थियो।

यसअघि २८ जनाको सूचीमा नरहेका लामिछानेलाई आज जारी गरिएको दोस्रो चरणको २० जनाको सूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077