Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल चिकित्सक संघको मतदान जारी

काठमाडौं । नेपाल चिकित्सक संघको उपत्यका क्षेत्रमा आजदेखि मतदान सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान जारी छ ।

यही माघ ६ र ७ गते संघका १६ शाखा कार्यालयमा निर्वाचन सम्पन्न भइसकेको छ । उपत्यकामा आज, भोलि र पर्सि मतदान हुनेछ ।
निर्वाचन साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष सहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुँदैछ।

अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा होमिएको छन्। अध्यक्षमा डा. अनिलविक्रम कार्कीको लोकतान्त्रिक, डा. सन्तोष पौडेलको प्रगतिशील र डा. शिवजी सिलवालको स्वतन्त्र प्यानल बनाई चुनावी प्रतिस्पर्धा छन्।

यही माघ २१ गते मतदान सकिएपछि मतगणना हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077