Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न उच्च स्तरीय न्यायिक आयोग गठन गर्न माग

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले इलामका प्रेमप्रसाद आचार्यलगायत देशका विभिन्न ठाउँमा भइरहेका आत्मदाहका घटनाहरूको कारण खोजी गर्न न्यायिक छानबिन समिति बनाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद् अमरेशकुमार सिंहले देशका विभिन्न ठाउँमा भइरहेका आत्मदाहका घटनाहरूको कारण पत्ता लगाई त्यस्ता घटनाको निरुपणकालागि न्यायिक छानबिन समिति बनाउन माग गरेका हुन् ।

उनले भने, ‘आत्मदाहका घटना बढेको देखिन्छ। के कारणले आत्मदाह भइरहेको छ, उच्च स्तरीय न्यायिक आयोग गठन होस्।’

सांसद् सिंहले आत्मदाहको घटना सिर्जना हुनुमा सरकार पनि दोषी रहेको बताए। यस्ता घटना न्यूनीकरण गर्न सरकार गम्भिर बन्नुपर्ने सिंहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077