Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • सत्ता गठबन्धनभित्र पेचिलो बन्दै गृहमन्त्री विवाद,के गर्लान प्रचण्ड ?

    सत्ता गठबन्धनभित्र पेचिलो बन्दै गृहमन्त्री विवाद,के गर्लान प्रचण्ड ?

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 582
    SHARES

    काठमाडौं । प्रमुख सत्तासाझेदार दलबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ ।

    गृहमन्त्रीको जिम्मेवारी सम्हालेका रवि लामिछाने गएको शुक्रबार सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि सत्तासाझेदार दलबीच गृहमन्त्री को भन्ने विषय पेचिलो बन्दै गएको हो ।



    लामिछाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । अदालतले रवि लामिछानेको नेपाली नागरिकता अवैध रहेको ठहर गरेपछि उनले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।



    तर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सर्वोच्च अदालतको फैसलाअनुरूप नेपाली नागरिकता पुनः कायम गराएका लामिछानेले त्यसयता एमाले केपी शर्मा अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बारम्बार भेटवार्ता गरिसकेका छन् ।

    उनको भेटवार्ताको उद्देश्य आफूलाई गृहमन्त्रीमा शपथ दिलाइयोस् भन्ने रहेको छ । तर, त्यसमा ओली केही लचक देखिए पनि प्रचण्ड भने सकारात्मक छैनन् । आइतबार नागरिकता कायम भएसँगै पार्टीको सभापतिमा पुनः चयन भएका लामिछानेले केन्द्रीय समितिबाटै गृहमन्त्री पार्टीले पाउनुपर्ने निर्णय गराएका थिए ।

    प्रचण्डले नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएको भोलिपल्ट बुधबार बिहान प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष ओली बालुवाटार पुगेका छन्।

    लामिछानेले पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएसँगै उनलाई गृहमन्त्री बनाउनुपर्ने एमाले अध्यक्ष ओलीले बताउँदै आएका छन् । ओलीसँगै राप्रपा अध्यक्ष तथा उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन पनि प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका थिए ।

    गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र ऊर्जामन्त्री लिङ्देनबीच समसामयिक राजनीतिकसहितका विषयमा कुराकानी भएको छ ।

    प्रधानमन्त्री प्रचण्डलाई मंगलबार भेटेर रास्वपा सभापति लामिछानेले गृहमन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको भोलिपल्ट प्रचण्ड, ओली र लिङ्देनबीच छलफल भएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो ओलीलाई भेटेर आफूलाई गृहमा फर्काउन सहयोग मागेका थिए भने ओलीले पनि सकारात्मक जवाफ दिएका थिए । प्रधानमन्त्री प्रचण्ड भने गृह आफ्नै पार्टीसँग राख्न चाहिरहेका छन् ।

    स्रोतका अनुसार रविलाई गृह मन्त्रालय नदिन माओवादीभित्र दबाब छ । सरकारको नेतृत्व गरिरहेको पार्टीले महत्त्वपूर्ण मन्त्रालय नलिएको भन्दै प्रचण्डमाथि माओवादीभित्रबाटै गृह नछाड्न दबाब छ ।

    ओली र प्रचण्डलाई भेटेर रविले निरन्तर दबाब बढाएपनि उनी अनुकूलको निर्णय आउन सकेको छैन । बरु, रवि प्रकरणले सत्ता गठबन्धनमा खटपटको अवस्था निम्तिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार