Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • इरानमा सडकमा नाचेको आरोपमा एक जोडीलाई १० वर्षको जेल सजाय

    इरानमा सडकमा नाचेको आरोपमा एक जोडीलाई १० वर्षको जेल सजाय

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 948
    SHARES

    एजेन्सी । उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको छ।

    २१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा दुष्प्रचार गरेको, राष्ट्रिय सुरक्षाविरुद्ध लागेको अभियोगमा दोषी ठहर गरिएको बीबीसीले जनाएको छ ।



    नाचेको भिडिओ सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक भएपछि उनीहरूलाई पक्राउ गरिएको थियो। भिडिओमा उनीहरू राजधानी तेहरानस्थित फ्रीडम टावर अगाडि नाचिरहेको देखिन्छन्।

    इरान सरकारले महिलालाई पुरुषसँग एक्लै नाच्न अनुमति दिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार