Online Nepal
  • बुधबार, १० पुष २०८१
  • माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित

    माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 528
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै माओवादी केन्द्रले स्थायी कमिटी बैठक बिहीबार बस्ने गरी सारेको हो ।



    आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ ।



    नागरिकता प्रकरणका कारण गृहमन्त्री पदबाट हटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि गृह मन्त्रालय नै नदिए आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धन संकटमा परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार