Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको झारखण्डमा आगलागी : १४ जनाको मृत्यु, १२ घाइते

एजेन्सी । भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराती आगलागी भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीमा ज्यान गुमाउनेमा महिला र बच्चा रहेका छन् । उनीहरु विवाह समारोहमा सहभागी रहेको खबरमा उल्लेख छ । आगलागीको समयमा भवनमा कति मानिस थिए भनेर खुलेको छैन ।

सुरक्षाकर्मी र अग्नि नियन्त्रकले भवनमा फसेका केहिको उद्धार गरेका छन् । आगलागी नियन्त्रणमा आएको छ भने आगलागीको कारण खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077