Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • पर्यटनमन्त्री किराँतीको निर्देशन – एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्नू

    पर्यटनमन्त्री किराँतीको निर्देशन – एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्नू

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 621
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन् ।

    मंगलबार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका हुन् ।



    उनले पशुपति क्षेत्र असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर पशुपति सफा गर्न आग्रह गरे । उनले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहोर भएको भन्दै शौचालयको सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे ।



    पशुपति क्षेत्र विकास कोषले पशुपति विकासका लागि गर्ने कामको तत्कालिन, अल्पकालिन र दीर्घकालिन क्यालेण्डर बनाउन उनले निर्देशन दिए । मन्त्रालयले क्यालेण्डर अनुसार काम भए÷नभएको आवश्यकता अनुसार अनुगमन गर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार