Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • रविले भने – गृह मन्त्रालय रास्वपाको हो, ओलीको जवाफ – समझदारी कार्यान्वयन हुनुपर्छ

    रविले भने – गृह मन्त्रालय रास्वपाको हो, ओलीको जवाफ – समझदारी कार्यान्वयन हुनुपर्छ

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 639
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न रवि बालकोट पुगेका हुन् ।

    भेटमा लामिछानेले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने बताएका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले आफूहरु पनि समझदारी कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको बताएका छन् ।



    ‘सरकार निर्माण गर्दा जे समझदारी हो, त्यही नै कार्यान्वयन हुनुपर्छ । तर प्रधानमन्त्रीको कुरा हो,’ ओलीको भनाइ उधृत गर्दै स्रोतले बतायो ।



    रविसँगको भेटमा ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका थिए । लामिछाने मंगलबार बिहानै प्रधामन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । त्यहाँ उनले आफूलाई ६ महिनाका लागि गैरसांसदका रूपमा गृहमन्त्री बनाउन माग गरेका थिए ।

    गैर सांसद मन्त्री बन्ने संवैधानिक व्यवस्थाअनुसार नै आफूलाई गृहमन्त्रीमा फर्काउन उनको माग थियो । तर प्रधानमन्त्री प्रचण्डले उचित जवाफ नफर्काएको बताइएको छ । रवि लामिछानेको मुद्दामा कानुनी र जनताको स्तरमा प्रश्न उठेकाले तत्कालै गृहमन्त्रीमा फर्काउने पक्षमा प्रधानमन्त्री दाहाल नरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार