Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेलगत्तै दिउँसो लामिछाने एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोट पुुगेका हुन् ।

लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रालय प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आफैं राख्ने तयारी गरेका छन् ।

उनलाई पार्टीभित्र पनि अब गृह नछाड्न दबाब छ । माओवादीको आजको बैठकले लामिछानेको मुद्दाको सर्वोच्च अदालतबाट पूर्ण फैसला नआएसम्म गृहमन्त्री कसैलाई नदिन प्रधानमन्त्री प्रचण्डलाई बताइसकेको छ ।

तर, रविलाई नै गृहमा फर्काउन एमाले सकारात्मक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077