Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । २० लाख धरौटी बुझाएर जेलबाट रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्नुपर्ने मागसहित सर्वाेच्च अदालतमा पुनरावलोकन निवेदन परेको छ ।

नाबालिकालाई जबर्जस्तीकरणी गरेको आरोप लागेका सन्दीपलाई थुनामा राख्नुपर्ने मागसहित मंगलबार महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गराएको हो ।

निवेदनमा २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश खारेज हुनुपर्ने माग पनि गरिएको छ ।

पुष २८ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले शर्तसहित लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

पक्राउ परेको १ सय दिनपछि उनी २८ पुसमा छुटेका हुन्। लामिछानेमाथि एक नाबालिकालाई भदौ ५ मा तिलगंगास्थिति एक होटलमा बलात्कार गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077