Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी नेता यादवले भने - रविले छोड्दैमा फरक पर्दैन, सरकारलाई समर्थनको कमी छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार छोड्ने हो भने आफूहरूको भन्नु केही नरहेको बताएको छ।

माओवादी केन्द्रका नेता यादवले रास्वपाले गृह मन्त्रालय नै नपाएर सरकार छोड्ने हो भने आफूहरूलाई समर्थनको कमी नहुने बताएका हुन्।

उनले भने,‘हामीलाई २ वटा पार्टीबाहेक सबैको समर्थन छ। एउटा पार्टीले सरकार छोड्दैमा फरक पर्दैन । अहिलेको परिस्थिति र अवस्थामा रास्वपालाई गृहमन्त्री दिन सकिँदैन। सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म हामीले कुर्नुपर्छ।’

उनले रवि लामिछाने नेतृत्वको रास्वपाले सरकार छोड्दा पनि अहिलेको सरकारलाई कुनै फरक नपर्ने बताए। आजै बिहान रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटारमा भेटेका थिए।

भेटका क्रममा लामिछानेले पहिलाको भागबन्डाअनुसार गृह मन्त्रालय आफूलाई दिन भनेका थिए। उनको नागरिकता कायम नरहेको र उक्त नागरिकता पेस गरेर उनले जितेको सांसद पद बदर हुने सर्वोच्चको फैसलापछि उपप्रधानसहित गृहमन्त्री रहेका लामिछानेको पद गएको थियो।

फेरि नागरिकता लिएकै साँझ लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई फेरि गृहमन्त्री बनाउन अनुरोध गरेका थिए। मंगलबार बिहान बालुवाटारमा भएको भेटमा लामिछानेले आफूले गृहमन्त्री नपाए रास्वपा सरकारबाट बाहिरिने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077