Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविलाई हर्क साम्पाङको सुझाव - अपमानित भएर सरकारमा बस्नु हुँदैन, प्रतिपक्षमा बस्नुस्

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अपमानित भएर सरकारमा नबस्न सुझाव दिएका छन् ।

सोमबार राति सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले रास्वपालाई सरकार छाडेर प्रतिपक्षमा बस्न सुझाव दिएका हुन् ।

उनले यसरी अपमानित भएर सरकारमा बसे अर्को चुनावमा १ सिट मात्र आउन सक्ने चेतावनी पनि दिए । उनले लेखेका छन्- ‘यति धेरै अपमानित भई भई सरकारमा बस्नु हुँदैन रवि जी र वहाँको पार्टीले सरकार छोडेर प्रतिपक्षमा जनताको आवाज घन्काउनुपर्छ नत्र अर्को चुनावमा १ सिट मात्रै आउनेछ !’

हालै मात्र अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि लामिछानेले सांसद र मन्त्री पददेखि पार्टीको सभापति पदसमेत गुमाउनु परेको थियो ।

नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने पुनः पार्टी सभापति बनेका छन् भने गृहमन्त्री पदमा फर्कनका लागि मरिहत्ते गरिरहेका छन् । तर प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले रविलाई गृहमन्त्री बनाउन आनाकानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077