Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको नीति विभेदकारी भन्दै उद्योगी व्यवसायी आन्दोलित

काठमाडौं । सरकारले आफूहरूप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सोमबार उद्योग व्यवसायीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले व्यवसायिक वातावरण तयार गर, व्याजदर घटाउ, गरी खान देउ, उद्योग व्यापार बचाऔं,राष्ट्रिय अर्थतन्त्र उठाऔं, बैंकिङ आतंक बन्द गर,बैंकिङ ब्याजदर १ अंकमा ल्याउ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै, उनीहरूले सहज रुपमा उद्योग र व्यवसायी सञ्चालन गर्नका लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उच्च ब्याजदरका कारण बैंकहरू सधैं नाफामा हुने तर आफूहरु भने सधैं घाटामा गएको गुनासो उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077