Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ।

दुई दिने नेपाल भ्रमणमा रहेकी उपविदेशमन्त्री न्युल्यान्ड ओली भेट्न सोमबार बिहान सिंहदरबार पुगेकी हुन् ।

एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा एमसीसीलगायत यसअघि दुई देशबीच भएका सम्झौता कार्यान्वयनलगायत विषयमा छलफल भएको जनाइएको छ।

नेपाल-अमेरिका सम्बन्ध र आपसी हितलगायत विषयमा छलफल भएको बालकोट स्रोतले बताएको छ। उपविदेशमन्त्री नुल्यान्डले नेपालको आर्थिक र भौतिक विकासका लागि अमेरिकाले निरन्‍तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

आजै उपविदेशमन्त्री न्‍युल्यान्डको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको छ।

दुई दिने नेपाल भ्रमणका लागि उपविदेशमन्त्री नुल्यान्ड आइतबार साँझ काठमाडौं आइपुगेकी हुन्। उनले नेपालपछि भारत,श्रीलंका र कतारको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077