Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीलाई रविले भने मलाई पुनः गृहमन्त्री बनाउनुस्, प्रचण्डको जवाफ - परामर्श गर्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा वार्ता भएको छ ।

आइतबार नेपाली नागरिकता लिएर रास्वपाको पुनः सभापति भएपछि गृह मन्त्रालयबारे छलफल गर्न उनी बालुवाटार पुगेका हुन् ।

भेटका क्रममा रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई आफू गृह मन्त्रालयमा फर्किने बताएका छन् ।

लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका हुन् । तर प्रधानमन्त्री प्रचण्डले भने लामिछानेलाई ठोस जवाफ नदिएको बताइएको छ ।

उनले यसबारे कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गर्ने जवाफ फर्काएका छन् । आइतबारै बसेको रास्वपा केन्द्रीय समितिको बैठकले गृह मन्त्रालय दाबी गर्ने र रविलाई नै पुनः मन्त्रीमा पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077