Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नरेन्द्र मोदीबारे बनाइएको वृत्तचित्र हेरेपछि विश्वविद्यालयका १० विद्यार्थी निलम्बित

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बिबिसीले बनाएको वृत्तचित्र हेरेको भन्दै एक विश्वविद्यालयका १० जना विद्यार्थी निलम्बनमा परेका छन् ।

राजस्थानको केन्द्रीय विश्वविद्यालयमा पढिरहेका १० विद्यार्थीहरूले गणतन्त्र दिवसको राति ७ बजेतिर वृत्तचित्र हेरेका थिए ।

उक्त वृत्तचित्र हेरेको थाहा पाएपछि ती विद्यार्थीहरूलाई १४ दिनका लागि निलम्बन गरिएको बिबिसी हिन्दीले जनाएको छ ।

यस्तै उनीहरूलाई होस्टलबाट पनि निकालिएको छ।

निलम्बित विद्यार्थीहरू अधिकांश मुस्लिम समुदायका छन् । यसबारेमा विश्वविद्यालय प्रशासनले भने अनुशासन उल्लंघन गरेको हुँदा कारबाही गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077