Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सर्वसम्मतिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका रविले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । अदालतको निर्णयपछि उपनिर्वाचनबारे छलफल गर्न र गृह मन्त्रालय नछोड्ने पार्टीको निर्णय जानकारी गराउन सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको बताइएको छ ।

उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आइतबार नै नागरिकताको प्रमाणपत्र लिएका थिए । उनले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुअगाडि नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा दावी रहेको जनाएको थियो ।

अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकता लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077