Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब मैले भन्नुपर्ने केही छैन, गर्नुपर्ने धेरै छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफूले भन्नुपर्ने बाँकी केही नरहेको प्रतिक्रिया दिएका छन् ।

आइतबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीले बोल्न गरेको आग्रहमा रविले यस्तो प्रतिक्रिया दिएका हुन् । आफूले अब बोल्नुपर्ने बाँकी केही नरहेको बरु गर्नुपर्ने धेरै रहेको उनको भनाई छ ।

उनले भने 'अब मैले भन्नुपर्ने केही पनि छैन । गर्नुपर्ने चिजहरू छन् ।'

गएको शुक्रबार सर्वोच्च अदालतले उनको नेपाली नागरिकता अवैध रहेको ठहर गरेपछि उनले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए । तर उनले आज फेरि नेपाली नागरिकता प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077