Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हातखुट्टा टेपले बाँधेको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका

गुल्मी । गुल्मीमा आफ्नै घरभित्र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका–७ वामीकी ५७ वर्षीया गंगादेवी शेरचनको शव उनकै घरभित्र भेटिएको हो ।

हातखुट्टा टेपले बाँधेर पल्टाएको, रगत लत्पत्तिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बाग्लुङ बडिगाड गाउँपालिका–३ सिसाखानीकी शेरचनले ३० वर्षदेखि एक्लै होटल सञ्चालन गर्दै आएकी थिइन्।

बिहान अबेरसम्म पनि होटलको ढोका नखोलिएपछि स्थानीयवासीले परिवार र परिवारले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो । उनी सोही घरमा एक्लै बस्दै आएकी थिइन्।

घटनाको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077