Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतका एक मन्त्रीलाई सुरक्षाकर्मीले नै हाने गोली

एजेन्सी । भारतमा ओडिशा राज्यका स्वास्थ्य मन्त्री नब दासमाथि आइतवार मध्यान्ह गोली प्रहार गरिएको छ।

प्रदेशको ब्रजराजनगरमा एक एएसआईले उनीमाथि गोली हानेका हुन्।

एउटा कार्यक्रममा सहभागी हुन गएका मन्त्री दास गाडीबाट झरेलगत्तै पाँच राउन्ड गोली प्रहार गरिएको थियो ।

गोली हान्ने व्यक्ति असई गोपाल दास भएको बताइएको छ । उनले किन गोली चलाएका हुन् भन्ने स्पष्ट भएको छैन ।

घटनापछि दासको पार्टी बीजु जनता दलका कार्यकर्ता धर्नामा बसेका छन् । मन्त्री दासलाई निकै नजिकबाट गोली प्रहार गरिएकाले यो सुनियोजित आक्रमण भएको बताइएको छ ।

यस घटनाले मन्त्रीको सुरक्षा उपायमा पनि गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077