Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वमन्त्री बस्नेतले लिए आत्मदाह गरेका आचार्यका छोरीहरूलाई पढाउने जिम्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व. प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन् ।

कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बस्नेतले आज स्व। आचार्यका परिवारलाई सिनामङ्गलमा भेटेर सान्त्वना दिँदै छोराछोरीको पठनपाठनको जिम्मा आफूले लिने बताए ।

भेटमा पूर्वमन्त्री बस्नेतले स्व। आचार्यकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीलाई पठनपाठनको जिम्मा आफूले लिएको बताए ।

“स्व. आचार्यको परिवारलाई सरकारका गृहमन्त्रीले भेटे पनि स्व। आचार्यका परिवारले राखेका माग पूरा गर्न सरकारले कुनै ध्यान नदिएपछि मैले रोजगारी र पठनपाठन गरिदिने निर्णय गरेको हुँ,” पूर्वमन्त्री बस्नेतले भने ।

आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था गराउनका लागि कांग्रेस सिन्धुपाल्चोकका नेता एवं अरनिको यातायात सेवा समितिको अध्यक्ष केदार क्षेत्रीले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत माघ १० मा आचार्यले संसद् भवन नयाँ बानेश्वर अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार विहान मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077