Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराईले भने - राष्ट्रपतिमा शुभेच्छुकहरुले मेरो पनि चर्चा चलाए

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्ने बताएका छन् ।

उनले अस्थिर राजनीतिक परिवेशमा देशको अभिभावकीय संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति हुनु आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘सकेसम्म सरकार निर्माण लगायत सबै विषयमा यो ५ वर्ष राष्ट्रिय सहमति गरेर जाऔं ।

नभए कमसेकम देशको अभिभावकको रुपमा परिकल्पना गरिएको राष्ट्रपति चाहिँ सबैको सहमतिमा बनाऔ।भन्ने बहस चलिरहेको छ । त्यसमा कहाँ गएर कुन व्यक्तित्वमा सहमति बन्छ अहिले भन्न सकिँदैन ।’

अहिले पनि राष्ट्रिय राजनीतिमा अन्योल र अस्थिरताको संकेत मिलिरहेको भन्दै भट्टराईले त्यसलाई स्थिरतातर्फ ल्याउन राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077