Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झारखण्डको अस्पतालमा आगलागी, ६ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा डाक्टर दम्पतीसहित ६ जनाको मृत्यु भएको छ।

धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा शुक्रबार राती करिब १ बजेतिर आगो सल्केको हो ।

आगलागी हुँदा सबैजना सुतिरहेका थिए । डाक्टरको शव बाथटबमा फेला परेको छ । आफूलाई बचाउन उनी पानीको टबमा बसेको बताइएको छ ।

आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानपछि प्रहरीले स्टोर रुमबाट आगलागी भएको हुन सक्ने बताएको छ । आगलागी हुँदाको भिडियो पनि सार्वजनिक भएको छ ।

डाक्टर आफ्नो परिवारसहित क्लिनिकको पहिलो तल्लामा बस्थे। दुर्घटनामा डाक्टर दम्पती, उनकी कामदार, डा हाजराका भतिजासहित ६ जनाको निसास्सिएर मृत्यु भएको हो। सबैको शव विभिन्न कोठाबाट निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077