Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधयेक विधान व्यवस्थापन समितिमा पठाउने निर्णय पारित

काठमाडौं । राष्ट्रिय सभामार्फत नेपाल विश्व विद्यालय विधेयक– २०७९ विधान व्यवस्थापन समितिमा पठाउने निर्णय सर्वसम्मतिबाट पारित भएको छ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा शिक्षामन्त्री शिशिर खनालले नेपाल विश्वविद्याालय विधेयक २०७९ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

मन्त्री खनालले पेस गरेको उक्त विधेयकलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेस गरेका थिए। हुन्छ वा हुन्न भन्ने ध्वनी मतका आधारमा निर्णय सर्वसम्मत पारित भएको अध्यक्ष तिमिल्सिनाले घोषणा गरेका थिए।

राष्ट्रिय सभाको अर्काे बैठक माघ २३ गते सोमबार ११ बजेर ५९ मिनेटमा बस्ने गरी स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077